पाल्पाको भरेक्टुङमा १० गते भलिबल प्रतियोगिता
पाल्पा | असोज १, २०८१
पाल्पा: बगनासकाली गाउँपालिका ५ भरेक्टुङमा गाउँस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
लाङ्घाली युवा क्लबले आफ्नो २६ औं वार्षिकोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।
सो प्रतियोगिता आगामी १० गतेदेखि सुरु हुने क्लबका अध्यक्ष इन्द्रजीत खाम्चामगरले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताको विजेताले नगद रु २० हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु १५ हजार, मेडल तथा प्रमाणपत्र र सान्त्वना स्थान हाँसिल गर्ने टिमले १० हजार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
उनले स्थानीय स्तरका खेलाडीहरुबीचको भाइचारालाई सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताए ।
‘नवदीत खेलाडीलाई स्थान प्रदान गर्ने र आपसी भाइचारालई सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो । स्थानीय खेलाडी भाइहरुले स्थान पाएका छैनन्, अध्यक्ष खाम्चामगरले भने, ‘त्यसैले त्यस्ता खेलाडीहरुलाई लक्षित गरेर हरेक वर्ष आयोजना गर्दै आएका छौं ।’
सो प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क रु २ हजार निर्धारण गरिएको छ भने, असोज ९ गतेसम्म फोनबाटपनि टिम दर्ता गर्न सकिने (९८६७४६३८४४, ९८४८६०१०६४ र ९८४०९५६४५७) बताइएको छ ।
उक्त प्रतियोगिताका भरेक्टुङको खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

पोखरा: प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ । कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले हराउँदै...
पोखरा: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । नेकपाबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण) लगायतका उम्मेदवारको निर्वाचन सम्पर्क...
पोखरा: गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल ...

